पीएसएलको डेब्यू खेलमै सन्दीपले लिए महत्वपूर्ण ३ विकेट

 फागुन १०, २०७५ शुक्रबार १८:४८:४० | उज्यालो सहकर्मी
unn.prixa.net

पकिस्तान सुपर लिग क्रिकेटको डेब्यु खेलमै सन्दीप लामिछानेले महत्वपूर्ण ३ विकेट लिएका छन् ।

पहिलो ओभरमा १७ रन दिएर महँगो सावित भएका सन्दीपले आफ्नो दोस्रो, तेस्रो र चाैथाे ओभरमा एक एक विकेट लिएका हुन् ।

दोस्रो ओभरमा सन्दीपले लाहोर कलन्दर्सलाई पहिलो सफलता दिलाउन सफल भए । सन्दीपले उमर सिद्धिकी र जेम्स भिन्सका बीचमा पहिलो विकेटका लागि भएको पीएसएलकै सर्वाधिक ठूलो साझेदारीलाई तोड्न सफल भए ।

उनको बलमा ११।५ औं ओभरमा ८४ रन बनाएर क्रिजमा रहेका जेम्स भिन्स फकर जमानको हातबाट क्याच आउट भएका थिए । व्यक्तिगत तेस्रो ओभरमा सन्दीपले सोयब मलिकलाई आउट गरे ।

त्यसैगरी खेलकाे आफ्नाे १६ औं ओभरमा व्यक्तिगत चाैथाे ओभर लिएर आएका उनले आन्द्रे रसललाई कट एण्ड बाेल्ड गरेका हुन् ।

उनले ४ ओभरकाे स्पेलमा ४६ रन खर्चिएदा ३ विकेट हात पार्न सफल भए ।  ४ ओभरमा उनले १ चाैका र ५ छक्का खाएका थिए भने ९ बल डट राखेका थिए ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया