आठ किलो चाँदीसहित भारतीय नागरिक पक्राउ

 फागुन ११, २०७५ शनिबार ८:४०:२६ | गोपाल भण्डारी

कपिलवस्तु – कपिलवस्तुमा आठ किलोभन्दा धेरै चाँदीसहित भारतीय नागरिक पक्राउ परेका छन् । 

उत्तर प्रदेशको सिद्धार्थनगर उस्काबजारका ७६ वर्षीय ओमप्रकाश बर्मालाई भारत जाँदै गर्दा तौलिहवाबाट आठ किलो चार सय ग्राम चाँदीसहित पक्राउ गरिएको कपिलवस्तुका प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिनुभयो ।

बर्मालाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको उहाँले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत २८, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया