प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डौ – काठमाण्डौको मच्छेगाउँमा राँगोले हान्दा एक जनाको ज्यान गएको छ ।
चन्द्रागिरि नगरपालिका–९, मच्छेगाउँका ६५ वर्षीय मानवीर महर्जनको ज्यान गएको हो । मर्निङ वाकमा निस्किएका महर्जनलाई राँगोले हानेको थियो । राँगोलाई प्रहरीले गोली हानेर मारेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ । राँगो कसको हो ? र किन छोडिएको भन्ने विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।