'फास्ट ट्र्याक' बाट कानुन बनाई सहकारी पीडितका समस्या समाधान ग...
बैशाख १३, २०८१ बिहिबार
सर्लाही - सर्लाहीकाे बरहथवा नगरपालिका - १६ गंगापुरमा ट्रयाक्टर पल्टिँदा एक जनाकाे ज्यान गएको छ ।
शुक्रबारमात्र सोरुमबाट खरिद गरेर ल्याएको ट्याक्टर शनिबार बिहान दुर्घटना हुँदा हरिपुर नगरपालिका -१ का २९ वर्षीय चालक राजेश महतोको ज्यान गएको हो ।
गुडिरहेको ट्रयाक्टर सडकमा पल्टिएपछि एक्कासि आगो लागेको स्थानीय बताएका छन । गम्भीर घाइते भएका उनको थप उपचारको लागि चितवनको भरतपुर लादै गर्दा बाटोमै ज्यान गएको हो।
परीक्षणको लागि ट्रयाक्टर चलाउने क्रममा अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ।
रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।