महिला क्रिकेट : नेपालविरुद्ध हङकङले टस जितेर ब्याटिङ रोज्यो

 फागुन १२, २०७५ आइतबार १२:४६:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी महिला टी–२० तथा एकदिवशीय विश्वकप अन्तर्गत एशिया क्षेत्रीय छनोटमा नेपालले तेस्रो खेलमा अहिले हङकङसँग खेल्दैछ । थाइल्याल्याण्डमा जारी खेलमा हङकङले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ।

प्रतियोगितामा तीन खेलमा दुईमा जित निकालेको नेपाल चिरप्रतिद्धन्द्धी हङकङलाई पराजित गर्दै आफ्नो जितको यात्रालाई कायम राख्न चाहन्छ । थाइल्याण्डसँग पराजित भएपछि शिर्ष स्थानमा रहने यात्रामा धक्का पुगेको नेपालले आज हङकङलाई हराउन सकेमा तेस्रो स्थानमा उक्लने छ ।

नेपाललाई शीर्ष स्थानमा पुग्नका लागि थाइल्याण्डले कुनै टिमसँग पराजित हुनुपर्नेछ । तीन खेलबाट नेपाल प्रतियोगिताको चौथो स्थानमा छ । थाइल्याण्ड शीर्ष स्थानमा छ । यता हङकङले अहिलेसम्म जित निकाल्न सकेको छैन । उसले खेलेका तीन खेलमा तीनैमा पराजित भएको छ । त्यसैले पनि नेपाल विरुद्धको खेलमा उसले पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया