नेरीले लिइन् ६ विकेट, खर्चिइन् जम्मा ८ रन

 फागुन १२, २०७५ आइतबार १४:१४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपालकी नेरी थापाले हङकङविरुद्ध ६ विकेट लिएकी छिन् ।

थाइल्याण्डमा जारी आईसीसी टी–२० एसिया रिजन छनोट अन्तर्गत हङकङविरुद्ध खेलिरहेको नेपालका तर्फबाट शुरुआती ६ विकेट नै नेरी थापाले लिइन् ।

४ ओभर बलिङ गरेकी थापाले ८ रन खर्चिइन् ।  कुनै मेडन ओभर राख्न नसके पनि हङकङले २३ रन बनाएका बेला नेरीले पहिलो विकेटका रुपमा पोनलाई आउट गरिन् । पोनलाई उनले ११ रन बनाएका बेला रुविना क्षेत्रीको हातबाट क्याच आउट गराइन् । यसरी नेपाललाई पहिलो सफलता दिलाएकी नेरीले दोस्रो विकेटको रुपमा यी सान टुलाई खाता नै खोल्न नदिइ पेभेलियन पठाउन सफल भइन् ।

तेस्रो विकेटको रुपमा नेरीले हङकङका लागि सर्वाधिक रन बनाएकी यस्मिन दसवानीलाई आउट गरिन् । दसवानी १६ रनमा आउट भएकी हुन् । राम्रो सुरुआत गरेको हङकङले ३१ रन बनाउँदा ४ विकेट गुमाएको थियो ।

चौथो विकेटको रुपमा नेरीले क्यारी चानलाई आउट गर्न सफल भइन् । पाँचौ विकेटको रुपमा कप्तान मारिको हिललाई आउट गरिन् । योसँगै नेरी नेपालबाट टी–२० क्रिकेटमा पाँच विकेट लिने पहिलो क्रिकेट खेलाडी बन्न पनि सफल भइन् ।

नेरीको विकेट लिने यात्रा भने यतिमै रोकिएन । उनले छैटौं विकेट पनि लिन सफल भइन् । नेरीले जस्मिन टिटमसलाई छैटौं विकेटको रुपमा सिकार गरेकी थिइन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया