नेपालकाे राष्ट्रिय फुटबल टिमले मलेसियासँग मैत्रीपूर्ण खेल खेल्ने

 फागुन १२, २०७५ आइतबार २०:२८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालकाे राष्ट्रिय फुटबल टिमले मलेसियासँग उसकै मैदानमा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्ने पक्का भएकाे छ । 

अखिल नेपाल फुटबल संघ एन्फाले मलेसियाको घरेलु मैदानमा चैत १२ गते खेल हुने जानकारी गराएकाे छ । नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा याेहान कालिन नियुक्त भएपछि पहिलो पटक मलेसियाविरूद्दको खेलका लागि टिम सम्हाल्ने भएका छन् ।

साफ च्याम्पियनसिपमा सेमिफाइनलबाट बाहिरिएपछि कुनै पनि अन्तर्राष्ट्रिय खेल नखेलेको नेपालले ५ महिनापछि खेल खेल्ने भएको हो ।

मलेसियाविरूद्दको खेलका लागि नेपाली टिमले चाँडै अभ्यास सुरू गर्ने पनि एन्फाले जनाएको छ । यसअघि एन्फाले अफगानिस्तानसँग मैत्रीपूर्ण  खेल खेलाउने योजना बनाए पनि पूर्वाधारका कारण सफल हुन सकेकाे थिएन ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया