साफ महिला च्याम्पियनसिकाे तालिका परिवर्तन, पाकिस्तान नखेल्ने

 फागुन १२, २०७५ आइतबार १८:१८:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आसन्न साफ महिला च्याम्पियनसिपमा पाकिस्तानले भाग नलिने भएपछि प्रतियोगिताको खेल तालिका परिवर्तन भएको छ ।

अब प्रतियोगितामा नेपालसहित ६ टिमको मात्र सहभागिता हुने भएको छ ।

नेपालले पहिलो खेल भुटानसँग खेल्ने भएको छ भने नेपालको दोस्रो प्रतिद्वनद्वी बंगलादेश रहेको छ । समूह एक मा रहेको नेपाल तुलनात्मक रुपमा सजिलो समूहमा परेको छ ।

समुह बी मा माल्दिभ्स, भारत र श्रीलंका रहेका छन् । दुवै समूहका शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन । प्रतियोगिता आउँदाे फागुन २८ देखि चैत ८ गतेसम्म विराटनगरमा सञ्चालन हुदैछ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया