पहिलो टी–२०: भारतले दियाे अस्ट्रेलियालाई १२७ रनको लक्ष्य

 फागुन १२, २०७५ आइतबार २१:७:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

पहिलो टी–२० क्रिकेटमा भारतले अस्ट्रेलियालाई १२७ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १२६ रन बनायाे । भारतका लागि केएल राहुलले सर्वाधिक ५० रन बनाउँदा महेन्द्रसिंह धोनी २९ रनमा नट आउट रहे ।

कप्तान विराट कोहली २४ रन बनाउँदै पेभेलियन फर्किए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । अस्ट्रेलियाका नाथन कुल्टर नाइलले ३ विकेट लिए ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया