इटालियन सिरीए : लिग तालिकामा युभेन्टसको १६ अंकको अग्रता

 फागुन १३, २०७५ सोमबार ६:१९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

इटालियन सिरीएमा युभेन्टसले लिग तालिकामा १६ अंकको अग्रता बनाएको छ । आइतबार राति भएको खेलमा बोलगानोलाई १–० गोल अन्तरले पराजित गर्दै तालिकामा ६९ अंक पुर्‍याएकाे हो । 

दोस्रो स्थानमा रहेको नापोलीको ५३ अंक छ । पराजित भएको बोलगानो अठारौं स्थानमा छ ।

पहिलो हाफ गोल रहित बराबरी खेलेको युभेन्टसका लागि पाउलो डिबालाले गरेको गोलनै निर्णायक भएको थियो । डिबालाले ६७ औं मिनेटमा गोल गरेका थिए ।

क्रिस्टियानो रोनाल्डोले केही मौका पाए पनि गोल गर्न भने असफल भए ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया