इथियोपियाली प्रधानमन्त्रीको र्‍यालीमा विस्फोट, दर्जनौं घाइते

 असार ९, २०७५ शनिबार १७:४०:६ | उज्यालो सहकर्मी
unn.prixa.net

नवनिर्वाचित इथियोपियाली प्रधानमन्त्री अविय अहमदको सम्मानमा शनिबार आयोजना गरिएको विजय जुलुसमा ग्रिनेड आक्रमण भएको बीबीसीले जनाएको छ ।

आक्रमणमा दर्जनौं घाइते भएको छन् । घाइते केहीको अवस्था गम्भीर रहेको बीबीसीले उल्लेख गरेको छ  । विजय जुलुसमा सम्बोधनका क्रममा सभालाई लक्षित गरी विष्फोटमा गरिएको जनाइएको छ ।

 

इथियोपियाको राजधानी अदिस अबाबामा आयोजित ¥यालीमा दशौँ हजार समर्थक तथा शुभेच्छुक प्रधानमनत्रीको विजयी जुलुसमा सहभागी भएका थिए । 
राजधानीमा आयोजना गरिएको सभामा ग्रिनेड विष्फोट भएपछि प्रधानमन्त्रीले आफ्नो सम्बोधनलाई बीचैमा राकेर घटनास्थलबाट बाहिरिएका थियो ।  

प्रधानमन्त्री अवियले इथियोपियाका नागरिकलाई एकतामा रहेको देख्न नसक्नेले विष्फोट गराएको बताएका छन् ।
आक्रमणमा परेका ८३ जना घाइते भएको र ६ जनाको अवस्था नाजुक रहेको बताइएको छ । 

गएको अप्रिलमा जिम्मेवारी सम्हालेका अवियले आफू निर्वाचित भएपछि पहिलोपटक राजधानीमा सम्बोधन गर्दै थिए । 

बितेका तीन महिनामा नयाँ प्रधानमन्त्रीका रूपमा उनलेले सुरक्षा सेवा, पूर्व सरकारद्वारा कैदमा लिएका राजनीतिक बन्दी, अर्थतन्त्रको उदारीकरण र दुई दशकदेखि इथियोपियासँग द्वन्द्वरत इरिट्रियासँगको विवाद समाधान लगायतका विषयमा व्यापक परिवर्तन ल्याएको बताइएको छ ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया