बङ्गगलादेशमा विमान अपहरण प्रयास, अपहरण प्रयास गर्ने व्यक्ति मारिए

 फागुन १३, २०७५ सोमबार ६:४४:२६ | एजेन्सी
unn.prixa.net

बंगलादेशमा विमान अपहरणको प्रयास भएको छ । स्थानीय सञ्चार माध्यमले जनाए अनुसार बङ्गलादेशबाट दुबईका लागि उडेको विमान अपहरणको प्रयास भएको हो ।

विमान अपहरणको प्रयास गर्ने व्यक्तिलाई सेनाले चारैतिरबाट घेरेर गोली हानी हत्या गरेको बङ्गलादेशी सेनाको इन्टर सर्भिस पब्लिक रिलेसन आइएसपीआरले जनाएको छ ।

राजधानी ढाकाबाट दुबईतर्फ उडिरहेको विमान ‘फ्लाइट बीजी १४७’ मा १ सय ४२ जना यात्रु सवार थिए । अपहरणको प्रयासपछि विमानलाई शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थल चटगाउँमा आकस्मिक अवतरण गरिएको थियो । 

आफूलाई महेदी बताउने २५ वर्षीय युवा मारिएका हुन् । उनले किन विमान अपहरणको प्रयास गरे भन्नेबारे खुल्न सकेको छैन । विमानमा रहेका १ सय ४२ यात्रु सकुशल छन् । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया