लिभरपुल शीर्ष स्थानमा उक्लियाे

 फागुन १३, २०७५ सोमबार ७:५:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । म्यानचेस्टर युनाइटेडसँग बराबरी खेल्दै एक अंक जोडेपछि लिभरपुलले म्यानचेस्टर सिटीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । 

लिभरपुलको २७ खेलबाट ६६ अंक छ भने समान खेल खेलेको सिटी ६५ अंकसहित दोस्रो स्थानमा रहेको छ । म्यानचेस्टर युटाइटेड भने ५२ अंकसहित पाँचौ स्थानमा रहेको छ।

आइतबार राति भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडसँग बराबरी खेलेपछि उपाधि होडमा भने धक्का लागेको छ । दुवै टिमले गोल गर्ने अवसरलाई सदुपयोग गर्न सकेनन् । 

आइतबार राति नै भएको अर्को खेलमा आर्सनलले साउथ ह्याम्पटनमाथि २–० को जित निकालको छ । योसँगै आर्सलन ५३ अंकसहित चौथो स्थानमा जान सफल भयो । पराजित भएको साउथह्याम्पटन भने रेलिगेशन जोनमा छ । 

आर्सनलको जितमा एलेक्जेन्डर  लाकाटेजीले छैटौँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । हेनरिकले १७ औं मिनेटमा गोल गर्दै आर्सनललाई सुरुमै २–० को अग्रता दिलाएका थिए । त्यसपछि थप गोल नभएपछि आर्सनल स्पष्ट तीन अंक लिन सफल भयो ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया