महिला टी–२० विश्वकप छनाैट : नेपालले दियो चीनलाई ७८ रनकाे टार्गेट

 फागुन १३, २०७५ सोमबार १४:१४:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी टी–२० विश्वकप अन्तर्गत एसिया क्षेत्रीय छनोटमा नेपालले चीनलाई ७८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै ७७ रन बनायाे ।

टिममा दुई खेलाडी परिवर्तन गरेको नेपालले पहिलो विकेटका लागि ३२ रनको साझेदारी गरेको थियो । ओपनर सिता राना मगर ११ रनमा आउट भइन् । त्यसपछि लगत्तै नेपालको दोस्रो विकेट झर्यो । अर्की ओपनर काजल श्रेष्ठ १८ रनमा आउट भइन् । नेपालको स्कोर ५ रन हुँदा अरु दुई विकेट झर्न पुग्यो । जसमा विन्दु रावल १० रनमा तथा इन्दु बर्मा आठ रनमा पेभेलियन फर्किइन् ।

यस्तै नेपालले ६० रनमा पाँचौ तथा ६५ रनमा छैटौ विकेट खेर फाल्यो । अप्सरा तीन तथा कप्तान रुबिना क्षेत्री ५ रनमा आउट भइन । तर त्यसपछि नेपालका खेलाडी एकपछि अर्को रुपमा पेभेलियन फर्किए । करुणा भण्डारीले खाता खोल्न सकिनन् भने सरिता मगर ६ रनमा आउट भइन् ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया