अनिल गुरुङकाे ह्याट्रिक, सिक्किम युनाइटेडलाई ५-२ ले हराउँदै थ्रीस्टार आहा रारा गोल्डकपको सेमिफाइनलमा

 फागुन १३, २०७५ सोमबार १७:४५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की - भारतको सिक्किम युनाइटेडलाई ५-२ गाेल अन्तरले हराउँदै थ्रीस्टार क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

थ्रीस्टारको जितमा अनिल गुरुङले ह्याट्रिक गरे । उनले खेलको २६ औं र ८१ औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए भने ८५ औं मिनेटमा अजयी मार्टिन्सको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए । ५० औं मिनेटमा सिक्किमका जिग्मी दोर्जे भुटियाको आत्मघाती गोल उपहार पाएको थ्रीस्टारको लागि ७१ औं मिनेटमा अजयी मार्टिन्सले अर्को गोल गरेको थियो ।

युनाइटेड सिक्किम फुटबल क्लब, भारतका लागि खेलको ८९ औं मिनेटमा सोनाम छिरिङ भुटियाले र थप गरिएको तेश्रो मिनेटमा छिरिङ्ग लोप्चाले पेनाल्टीमार्फत गोल गरेका थिए ।  

ह्याट्रिक गरेका अनिल गुरुङ म्यान अफ् द म्याच भएका छन् । उनले ट्रफीसहित नगद ५ हजार प्राप्त गरे । 

मंगलबारको खेल नेपाल पुलिस क्लब र दाउफिन्स फेमिली टिम क्यामरुनबीच दिउँसो २.३० बजे पोखरा रंगशालामा हुनेछ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया