यही सिजन प्रिमियर लिगमा नउक्लिए लिड्स युनाइटेडका मालिकले क्लब बच्ने

 फागुन १४, २०७५ मंगलबार ७:१५:० | एजेन्सी
unn.prixa.net

इंग्लिस क्लब लिड्सका मालिक आन्द्रे राद्रिजानीले टिम यो सिजन प्रिमियर लिगमा नउक्लिएमा बिक्री गर्ने बताएका छन् ।

लिड्स युनाइटेडका मालिक आफ्नो क्लब यो सिजन पनि प्रिमियर लिगमा नउक्लिएमा बिक्री गरेर फुटबलबाट बाहिरिने मनसायमा पुगेको स्पोर्टस मेलले जनाएको छ ।

इटालियन नागरिक आन्द्रेले आफ्नो क्लबको मुल्य दुई सय मिलियन पाउण्ड राखेको बताइएको छ । उनले अर्को सिजनमा खेलाडीमाथि खर्च गर्न निकै कठिन रहेको बताएका छन् । शीर्ष डिभिजन नपुगेमा आफू क्लब बेच्नेमा पुगेको उनले बताए ।

क्लबका प्रशिक्षक मार्सेलो बिल्सालाई तीन दशमलव चार मिलियन पाउण्ड वर्षको दिइएको छ । उनको पुरै स्टाफमा ६ मिलियन पाउण्ड खर्च हुन्छ ।
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया