एसईईको नतिजा प्रकाशन ढिलो हुँदा अन्योल

 असार ९, २०७५ शनिबार २१:९:५१ | उज्यालो सहकर्मी

काठमाडाैं - दिउँसो ४ बजे आउने भनिएको २०७४ सालको एसईई को नतिजा निर्धारित समयमा प्रकाशित हुन सकेन ।

समयमा नतिजा प्रकाशन नभएपछि साढे ४ लाख विद्यार्थी र उनीहरुका अभिभावक त्यतिबेलादेखि अन्योलमा परे । रिपोर्टिङका लागि गएका पत्रकार पनि बाहिर पर्खेर बसेको बस्यै भए तर नतिजा हात पर्न सकेन ।

प्राविधिक कारणले केहीबेर पछि हुने बताईए पनि आधिकारिक रुपमा बेलुकी ८ बजे मात्र नतिजा प्रकाशित भयो । 

नतिजा हेर्न भनेर दिईएका विभिन्न वेबसाइट तथा एसएमएस प्रणालीले नतिजा देखाउन सकेनन् ।

परीक्षा बोर्डको आधिकारिक वेबसाईटमा पनि नतिजा उपलब्ध हुन सकेन । नतिजा सार्वजनिक भएको एक घण्टासम्म पनि आधिकारिक वेवसाइट, एसएमएस र आइभीआरमा नतिजा नआउँदा अन्योल बढेको छ ।
 

अन्तिम अपडेट: चैत ३०, २०८०

3 Comments

  • Sandip kumar chaudhary

    June 23, 2018, 10:14 p.m.

    See no 0153394 t

  •  0 Reply
  • Buddha R Khadgi

    June 23, 2018, 9:54 p.m.

    Happy Aril 1st. to Office of the Controller of Examination!

  •  0 Reply
  • Prabin kunwr

    June 23, 2018, 9:54 p.m.

    2075 REUGLT CHAKE

  •  0 Reply

तपाईको प्रतिक्रिया