नेपाली महिला फुटबल खेलाडीलाई १-१ लाख रुपैयाँ पुरस्कार दिने एन्फाकाे घाेषणा

 फागुन १५, २०७५ बुधबार १६:३३:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अखिल नेपाल फुटबल संघ एन्फाले २३ जना नेपाली महिला फुटबल खेलाडीलाई जनही एक एक लाख रुपैयाँ प्रदान गर्ने घाेषणा गरेकाे छ ।

गत साता भारतमा भएको हिरो महिला गोल्डकपमा उत्कृष्ट प्रदर्शन गरेका कारण पुरस्कारको घोषणा गरिएको एन्फाले जनाएको छ । हिरो महिला गोल्डकपमा नेपालले साफ च्याम्पियनसिपको सर्वाधिक सफल टिम भारतलाई हराएको थियो । 

साफ महिला च्याम्पियनसिपको उपाधि जितेमा टिमका प्रत्येक सदस्यलाई उचित पुरस्कारको घोषणा गरिने एन्फाले जनाएको छ । यतिमात्र होइन, टिमका सदस्यहरुलाई विदेशमा प्रशिक्षण गर्न पठाउने तयारी पनि एन्फाले गरेको छ । केही सदस्यलाई अमेरिका र जापानमा प्रशिक्षणका लागि पठाउने तयारी गरेको छ । दुवै देशसँग कुरा भइरहेको एन्फाले जनाएको छ । 

साफ च्याम्पियनसिप फागुन २८ देखि चैत ८ गतेसम्म विराटनगरमा हुनेछ । अहिले नेपाली टिम विराटनगर पुगेर प्रशिक्षणमा व्यस्त छ । प्रतियोगिताका लागि प्राविधिक तयारी अन्तिम अवस्थामा पुगेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । 

साफ महिला च्याम्पियनसिपको चार संस्करण सकिँदा  नेपाल तीन पटक उपविजेतामा सीमित बनेको छ । एक पटक भने सेमिफाइनबाटै बाहिरिएको थियो । चारै संस्करणमा भारत च्याम्पियन बन्दै आएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया