एसईई पास भनेर मख्ख नपर्नुस्, ११ कक्षा पढ्न नपाइन सक्छ

 असार १०, २०७५ आइतबार ७:५९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – माध्यमिक शिक्षा परीक्षा अर्थात एसईईमा ‘कोही पनि फेल नहुने’ प्रणाली लागू गरिए पनि ‘पास’ भएका भनिएका सवै विद्यार्थीले कक्षा ११ मा भर्ना हुन भने पाउँदैनन् । फेल  र पासको व्यवस्थाले विद्यार्थीमा नकारात्मक प्रभाव पर्यो भनेर सरकारले ‘कोही पनि फेल नहुने’ नीति लागू गरेको बताए पनि यसले विद्यार्थी र अभिभावकलाई अन्योल बढाएको छ । शिक्षाविदहरु त पास भइहालिन्छ भन्ने भ्रमका कारण विद्यार्थीले मेहनत नै नगरेको पाइएको पनि बताएका छन् । 

२०७४ सालको एसईईको नतिजामा पनि यस्तै गरी सबै ‘पास’ त भए तर ‘पास’ भएका सबै विद्यार्थीेले अघिल्लो कक्षामा भर्ना हुन पाउँदैनन् । १ दशमलव ६ सम्म जीपीए ल्याएका विद्यार्थीले ११ कक्षामा भर्ना हुन पाउने प्रावधान भए पनि यसका लागि अरु पनि प्रावधान पूरा गर्नुपर्छ । जस्तो विज्ञान संकायमा ११ कक्षामा भर्ना हुन २ जीपीएका साथमा विज्ञान र अनिवार्य गणितमा सी प्लस तथा सामाजिक, अंग्रेजी र नेपालीमा डी प्लस आएकै हुनुपर्छ ।

यस्तै, समग्रमा १ दशमलव ६ जीपीए आएकाले व्यवस्थापन संकायमा ११ कक्षा भर्ना हुन पाउने भए पनि त्यसका लागि अंग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिकमा डी प्लस जीपीए ल्याएकै हुनुपर्छ ।

त्यसैगरि, मानविकी संकाय पढ्न कम्तिमा १ दशमलव ६ जीपीएसम्म ल्याएका विद्यार्थीले पाउँछन् तर उनीहरुले अनिवार्य विषय अंग्रेजी, नेपाली, र सामाजिकमा डी प्लस आएकै हुनपर्छ । यस्तै अंग्रेजी, नेपाली समाजशास्त्र, आमसञ्चार तथा पत्रकारिता, ग्रामीण विकास विषय पढ्न समग्रमा कम्तीमा १ दशमलव ६ जीपीएका साथमा नेपाली, अंग्रेजी र सामाजिकमा डी प्लस ग्रेड ल्याउनैपर्छ । विज्ञान र गणितमा भने ई जीपीए ल्याए पनि फरक पर्दैन ।

शिक्षाशास्त्र संकाय पढ्न पनि १ दशमलव ६ जीपीए ल्याएका विद्यार्थीको अंग्रेजी नेपाली र सामाजिक विषयमा डी प्लस कम्तीमा आएकै हुनपर्ने व्यवस्था छ । अझ शिक्षा शास्त्रको विज्ञान विषय पढ्न भने विज्ञान र गणितमा पनि डी प्लस ल्याउनैपर्छ । 
सरकारले ‘पास’ भनेका शून्य दशमलव ८५ देखि १ दशमलव ६ सम्म जीपीए ल्याउने विद्यार्थीले कुनैपनि विषयमा ११ कक्षामा भर्ना पाउँदैनन् । भलै, उनीहरु यसअघिको पुरक परीक्षामा जस्तै स्तरोन्नती गर्न मिल्ने (ग्रेड बृद्धि)को परीक्षामा सहभागि हुन सक्छन् । जहाँ उनीहरुले जीपीए बढाउने सम्भावना रहन्छ ।

२ भन्दा कम जीपीए ल्याएका विद्यार्थीले लोकसेवाको जाँचै दिन पाउँदैनन् ।

त्यसैले शनिबार प्रकाशित एसईई परीक्षामा पास भएको भनेर मख्ख पर्नुको साटो कुन–कुन विषयमा कुन ग्रेड आयो र त्यो ग्रेडले आफूले चाहेको विषय पढ्न पाइन्छ कि पाइदैन भन्ने निक्र्यौल गर्न आवश्यक देखिएको छ ।

जीपीए, ग्रेड, तथा कुन विषय पढ्न कुन विषयमा कुन ग्रेड ल्याएको हुनुपर्ने भन्ने कुरा बुझ्न निकै झण्झटिलो भएकाले यसका लागि आफ्नो विद्यालयमा सम्पर्क गर्न शिक्षाविदहरुले सुझाव दिएका छन् । 

सी डी प्लस डी र ई जीपीए ल्याएका विद्यार्थीले स्तरबृद्धिका लागि परीक्षा दिन पाउँछन् । ग्रेड बृद्धिको परीक्षा आउँदो साउन २३ गतेदेखि परीक्षा सञ्चालन हुनेछ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

8 Comments

  • shndip

    Sept. 20, 2018, 5:24 p.m.

    एसइइको पुरक परिक्षा कहिले हुन्छ ? जानकारी पाउं ।

  •  0 Reply
  • Rohit gautam

    July 8, 2018, 10:56 a.m.

    यदि कुनै मेजर बिषयमा डि मात्र अाएकाे छ भने यसले के के मन असर गर्दछ। अाफुले छानेकाे बिषय पढ्न पाईन्छ कि पाईदैन।। लाेक सेवा दिन पाईन्छ कि नाई???

  •  0 Reply
  • Bodh Narayan Shrestha

    June 30, 2018, 6:58 a.m.

    Mohan Tiwari ji डी प्लस त अनिवार्य हुन्छ त थेउरीमा पनि

  •  0 Reply
  • Sunil Kumar Uranw

    June 26, 2018, 8:16 a.m.

    सुचना दिएको Thanks sir

  •  0 Reply
  • Umesh Chaudhary

    June 25, 2018, 8:18 a.m.

    नमस्कार, म जम्मा जीपिए २.५० पाएर पास भए , तर मलाई यो नम्वर पुगेन जस्तो लाग्यो/ म के गरौँ , सल्लाह पाउँ /

  •  0 Reply
  • Hikmat

    June 24, 2018, 7:05 p.m.

    कति वटा विषय दिन पाइन्छ ?

  •  0 Reply
  • Dinesh Bam

    June 24, 2018, 1:08 p.m.

    विषयगत जिपिए भनेर जुन निर्धारण गरिएको छ उक्त जिपिए लिखित परीक्षाको मात्रै गणना हुने हो कि प्रयोगात्मक सहितको कुल जिपिएको गणना हुने????खास प्रावधान के रहेको छ???

  •  0 Reply
  • Mohan Tiwari

    June 24, 2018, 11:18 a.m.

    मेरो English मा TH मा garde D र PR मा grade A प्लस आयको छ म लोक सेवा दिन पाउछु कि नाइ ???

  •  0 Reply

तपाईको प्रतिक्रिया