तनहुँमा बस र कार ठोक्किँदा एकको मृत्यु, दुई घाइते

 फागुन १८, २०७५ शनिबार १०:५९:२३ | समुद्र पौडेल

तनहुँ – पृथ्वी राजमार्ग अन्र्तगत तनहुँको व्यास १, बुल्दीपुल नजिकै गएराति बस र कार एक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ ।

दुर्घटनामा परि दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परि ज्यान गुमाउनेमा पोखरा १० का ५६ वर्षीय निल सुनार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

बाग्लुङबाट काठमाण्डौतर्फ जाँदै गरेको ना ७ ख २८४४ नम्बरको बस र डुम्रेबाट दमौली आउँदै गरेको बा ६ च २१०२ नम्बरको कार एक आपसमा ठक्कर खाँदा ३ जना घाइते भएका थिए । घाइतेमध्ये निल सुनारको उपचारको क्रममा दमौली अस्पतालमा ज्यान गएको हो । 

दुर्घटनामा परि गम्भीर घाइते भएका व्यास २, कालिका मार्गका २८ वर्षीय सुन्दर गुरुङ र कार चालक पोखरा १० का ३५ वर्षीय सुनिल गुरुङको रत्नहरि अस्पताल दमौलीमा उपचारपश्चात थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ । मृतक र घाइते सबै कारमा सवार थिए ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

समुद्र पौडेल

समुद्र पौडेल तनहुँका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया