आफ्नाे पहिलो कमाइबाट अपांगता भएका व्यक्तिलाई सहयाेग

 फागुन १८, २०७५ शनिबार २०:२२:७ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको घोराहीका एक युवाले आफ्नो पहिलो आम्दानी एक अपांगता भएका व्यक्तिलाई सहयोग गर्नुभएकाे छ । 

घोराही उपमहानगरपालिका-१५ काठेकोहलका २० वर्षीय शिशिर खनालले घोराही-१५ काठेकोहल निवासी शारीरिक रुपमा अशक्त महावीर रोकालाई सहयोग गर्नुभएकाे हाे ।

खनालले शनिबार रोकाको घरमै पुगेर जापानी भाषा शिक्षण गरेर कमाएको रकमले ५० किलाे चामल र पाँच लिटर तेल प्रदान गर्नुभएकाे थियाे । 

जसले अरूलाई सहयोग गर्छ उसलाई भगवानले सहयोग गर्ने भएकाले आफूले जीवनको पहिलो कमाइलाई सत्कर्ममा लगाएको खनालले बताउनुभयाे । उहाँले शारीरिक रूपमा अशक्तहरूलाई सबैले सहयोग गरेमा उनीहरू सक्षम हुने विश्वास पनि व्यक्त गर्नुभयाे ।

सहयोग पाएपछि रोकाले सहयोगी खनाललाई धन्यवाद दिदै प्रगतिको शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।
 

अन्तिम अपडेट: फागुन २८, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया