अष्ट्रेलियाविरुद्धको पाँच एक दिवशीय श्रृङ्खलाकाे पहिलाे खेलमा भारत ६ विकेटले विजयी

 फागुन १९, २०७५ आइतबार ६:२१:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

अष्ट्रेलियाविरुद्धको पाँच एक दिवशीय श्रृङ्खला अन्तर्गत शनिबार भएको पहिलो खेलमा भारत विजयी भएको छ । भारत भ्रमणमा रहेको अष्ट्रेलिया हैदराबादमा भएको पहिलो खेलमा ६ विकेटले पराजित भयो । जितसँगै श्रृङ्खलामा १–० को अग्रता लिएको छ । 

टस जितेर ब्याटिङ गरेको अष्ट्रेलिया ४८.२ ओभरमा सात विकेट गुमाउँदै २३६ रन बनाएको थियो । अष्ट्रेलियाका लागि उस्मान ख्वाजाले सर्वाधिक ५० रनको योगदान दिँदा ग्लेन म्याक्सवेलले ४० रन, मार्कस स्टोनिसले ३७ र एलेक्स केरीले अविजित ३६ रन जोडे । बलिङतर्फ मोहमद शाही, जस्प्रित बुम्राह र कुलदीप यादवले २–२ विकेट लिए । 

२३७ रनको लक्ष्य भारतले १० बल बाँकी रहँदा चार विकेट गुमाएर पूरा गर्‍याे । ९९ रनको चार विकेट गुमाएको भारतका लागि महेन्द्रसिंह धोनी र केदार जादभले पाँचौं विकेटका लागि १४१ रनको साझेदारी गरे । ब्यक्तिगत तर्फ जादभले ८१ रन बनाए भने धोनीले ५९ रने जोडे । 

बलिङतर्फ नाथन कोल्टर नाइल र प्याट कमिन्सले २–२ विकेट लिए । भारत भ्रमणमा रहेको अष्ट्रेलियाले दोस्रो एक दिवशीय खेल नागपुरमा खेल्नेछ ।
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया