चलचित्र  विकास बोर्डको अध्यक्षमा सुचित्रा श्रेष्ठको उम्मेदवारी दर्ता

 फागुन १९, २०७५ आइतबार १४:३३:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली चलचित्र क्षेत्रमा पहिलो महिला निर्देशकको परिचय बनाएकी निर्देशक सुचित्रा श्रेष्ठले चलचित्र विकास बोर्डको  अध्यक्षको लागि उम्मेदवारी दर्ता गराएकी छिन् ।   

'निर्देशक समाज'को पहिलो महिला अध्यक्षसमेत रहेकी श्रेष्ठले वि.सं.२०५८ सालमा चलचित्र प्रेमयुद्धबाट निर्देशनमा डेब्यु गरेकी थिइन् । यस्तै उनले नेपाल टेलिभिजनबाट प्रसारित टेलिश्रृङ्खला ‘अकल्पित’ र ‘स्मृति’को मुख्य सहायक निर्देशकको भूमिका निभाएकी थिइन् । 

यसैगरी उनले नेपाली चलचित्र सहारा, समर्पण र भाइटिकाको निर्देशन गरिसकेकी छिन् । जसको कथा पनि उनी आफैले लेखेकी हुन् । 'योङ एसिया टेलिभिजन'ले बनाएका दर्जनौ वृत्तचित्र निर्देशन गरेकी सुचित्रा पत्रकारितामा समेत लामो समयदेखि आवद्ध छिन् ।

निर्देशक श्रेष्ठ भन्छिन्, ‘सरकारले निष्पक्ष रुपमा बोर्ड अध्यक्ष नियुक्त गरे म आफूलाई चलचित्र विकास बोर्ड समाल्न सक्षम ठान्छु ।’ पार्टीगत तथा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सरकारले निर्णय गरे आफू अध्यक्ष बन्ने पक्का रहेको उनी बताउँछिन् ।

तत्कालीन बोर्ड अध्यक्ष निकिता पौडेलले कार्यकाल सकिन १० महिना अगाडि नै राजीनामा दिएपछि चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि उम्मेदवारी दर्ताको लागि प्रक्रिया अघि बढेको छ ।
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया