आफैले बाेकेकाे बन्दुककाे गाेली लागेर सैनिक जवानकाे ज्यान गयाे

 फागुन १९, २०७५ आइतबार १५:५२:१३ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा – धनकुटाको सल्लेरीमा रहेकाे बरख गणमा कार्यरत सेनाका एक जवानको आफैले बाेकेकाे बन्दुककाे गोली लागेर ज्यान गएको छ ।

डोटी घर भइ हाल बरख गण धनकुटामा कार्यरत ३२ वर्षीय चेतराज जैशीको आफैले बोकेको राइफलको गोली लागेर शनिबार राति मृत्यु भएको हो ।

ब्यारेकभित्र राति ड्यूटीमा खटिएको बेला जैशीलाई गोली लागेको थियो । गोली लागेर जैशीको छाती र ढाडमा प्वाल परेको छ । उहाालाई तीन वटा गोली एकसाथ लागेको थियो ।

जैशी आफैले बोकेको राइफलको गोली लागेका कारण गोली आफैले हानेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुरेन्द्रबहादुर गुरुङले बताउनुभयाे ।

मृतकको शव पोष्टमार्टमको लागि धनकुटा अस्पतालमा राखिएको छ । मृतक जैशी आफ्नी पत्नीका साथ ब्यारेक भित्रै बस्दै आउनुभएकाे थियाे ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया