सरकारले भन्यो: फेसबुक, ट्विटर बन्द हुँदैन,  झुटा पोष्ट लाइक र शेयर नगरिदिनुस्

 फागुन १९, २०७५ आइतबार १६:२६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जाल बन्द हुने हल्लाको पछि नलाग्न अनुरोध गरेको छ ।

केही व्यक्तिले सरकारी लोगो र छापको दुरुपयोग गरेर सरकारले फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जाल बन्द हुने हल्ला चलाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको पनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।  

झुटा सूचना फैलाउनेहरुलाई कारबाहीको प्रक्रिया सुरु भैसकेको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयले झुटा समाचारमा लाइक र शेयर नगर्न पनि सबैमा अनुरोध गरेको छ । 


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया