कोहलपुर–सुर्खेत प्रसारण लाइन : ६ हजार २ सय ३६ वटा रुख काट्ने...
चैत १६, २०८० शुक्रबार
इलाम – इलाममा आइतबार करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
इलाम नगरपालिका वडा नम्बर-८, धोबीधारामा रहेकाे प्रेम गौतमको घरमा डेरा गरेर बस्दै आएका संगिन लिम्बूको करेन्ट लागेर आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ ।
फिदिम नगरपालिका वडा नम्बर-१२ का मृतक १९ वर्षीय लिम्बू गौतमको घरको छतमा लत्रिएको तारबाट करेन्ट लाग्दा घाइते भएका थिए । घाइते लिम्बूको जिल्ला अस्पताल इलाममा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय इलामका प्रहरी हवल्दार विजय राईले जानकारी दिनुभयो ।