हेलिकप्टर दुर्घटना हुँदा इरानमा पाँचजनाको मृत्यु

 फागुन २१, २०७५ मंगलबार ७:१३:१८ | एजेन्सी
unn.prixa.net

आपत्कालीन औषधि र चिकित्सकहरु बोकेको हेलिकप्टर दुर्घटना हुँदा इरानमा सोमबार पाँचजनाको ज्यान गएकाे छ । हेलिकप्टरमा सवार सबैजनाको ज्यान गएको अधिकारीहरुले पुष्टी गरेका छन् । हेलिकप्टर इरानको दक्षिणपश्चिमी ग्रामिण क्षेत्रमा दुर्घटना भएको हो ।

गर्भवती महिलालाई आपत्कालीन उपचारका लागि लैजान खटिएको हेलिकप्टर दुर्घटनामा परेको राज्यद्धारा सञ्चालित इरानी टेलिभिजनले जनाएको छ । 

“आपत्कालीन सेवाको आवश्यकता परेकी २६ वर्षीया गर्भवती महिलाको ज्यान जोगाउनका लागि गएको हेलिकोप्टर आफैँ दुर्घटनामा परेको हो,” आपत्तकालीन सेवा प्रमुख पिर होसैन कुलिभान्डले भने । 

चालक दलका तीनजना र सहयोगी दुई जना गरी पाँच जनाको दुर्घटनामा परी मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । पहाडी क्षेत्रमा रहेको ट्रन्समिसन टावरमा ठोक्कीएर होलिकोप्टर दुर्घघना भएको राज्यद्धारा सञ्चालित समाचार संस्था इर्नाले जनाएको छ । 

इरानमा बेला बेलामा यस्ता हेलिकोप्टर तथा विमान दुर्घटना भइरहने गरेका छन् । अहिले दुर्घटना भएको क्षेत्रमा यसअघि पनि दुर्घटना भएको अधिकारीहरुले बताएका छन् । 
 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया