अघिल्लाे वर्षको सरकारी अनुदान रकम तत्कालै उपलब्ध गराउन उखु किसानकाे माग

 फागुन २१, २०७५ मंगलबार १७:७:४० | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - सर्लाहीका उखु किसानहरुले अघिल्लाे आर्थिक वर्षको सरकारी अनुदानको रकम तत्कालै उपलब्ध गराउन माग गरेका छन्। 

नेपाल उखु उत्पादक महासंघ लगयतका विभिन्न उखु किसान संम्वद्ध संगठले आज सर्लाहीको सुकेपोखरीमा पत्रकार सम्मेलन गर्दै अनुदान बापतको  ६५ रुपैयाँ २८ पैसा र चिनी कारखानाले  दिनुपर्ने पाँच रुपैयाँ पूर्व सहमति अनुसार किसानलाई उपलब्ध  गराउन माग गरेका हुन् ।

अघिल्लाे हप्ता स्थानीय प्रशासनले सरकारी अनुदानको रकम एक हप्ताभित्र उपलब्ध गराउने आश्वासन दिए पनि सहमति कार्यान्वयन नगरेकाले अबको तीन दिनभित्र रकम उपलब्ध नगराए फेरि सडक आन्दोलनमा फर्किने नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले बताउनुभयो ।

उखु किसानहरु अनुदानको रकम माग गर्दै सडक आन्दोलनमा उत्रिएपछि सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोण पोख्रेल र उखु किसानका अगुवाबीच बाँकी रकम उपलब्ध गराउनेसहित चार बुँदे सहमति भएको थियो ।

प्रमुख जिल्ला अधिकारी पोख्रेलसँग भएको सहमतिमा उखु किसानले आन्दोलन फिर्ता लिने र स्थानीय प्रशासनले उखुको बाँकी भुक्तानी एक हप्ताभित्र किसानको बैक खातामा पठाउन सहयोग गर्ने सहमति भएको  थियो।

यसै क्रममा रौतहटको श्रीराम सुगर मिलले पनि किसानको पाँच वर्षदेखिको उखुको भुक्तानी गर्न बाँकी छ।

उखु किसाहरुले अझैसम्म पनि अघिल्लाे वर्ष चिनी उद्याेगले उखु क्रसिङ गर्न थालेको डेढ महिना बितिसक्दासमेत किसानको रकम भुक्तानीको लागि तालिका सार्वजनिक गरेको छैन
 

अन्तिम अपडेट: चैत २९, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया