कर तिर्ने सहमतिपछि पोखरामा प्याराग्लाइडिङ बन्द नहुने

 फागुन २२, २०७५ बुधबार ९:६:२२ | सुमन गुरुङ
unn.prixa.net

कास्की – प्याराग्लाइडिङ कम्पनीहरुले पोखरा महानगरपालिकालाई कर तिर्न सहमत भएपछि बन्द गर्ने भनिएको प्याराग्लाइडिङ उडानमा अवरोध नहुने भएको छ ।

पोखरा महानगरपालिका र हवाई खेलकुद संस्था, नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ड ग्लाइडिङ संघको संयुक्त प्रयासपछि व्यवसायीहरुले एक साताभित्रै एकैपटक चार वर्षको कर बुझाउन तयार भएका हुन् ।

आर्थिक वर्ष २०७२/०७३ देखि प्याराग्लाइडिङ कम्पनीहरुले महानगरले तोकेको ८६ हजार रुपैयाँ कर नबुझाएको राजश्व शाखाका रोम उपाध्यायले जानकारी दिनुभयो । अहिलेसम्म एउटा मात्र कम्पनी महानगरमा दर्ता छ । महानगरले आर्थिक बर्ष २०७२/०७३ र २०७३/०७४ मा ५ हजार ५ सयका दरले कर तोकेको थियो भने २०७४/०७५ मा ५० हजार तथा २०७५÷०७६ मा २५ हजार रुपैयाँ शुल्क तोकेको थियो । एक सातासम्म पनि कर नतिरे प्याराग्लाईडिङ बन्द गराउने महानगरले जनाएको छ । 

उता नागरिक उड्ययन प्राधिकरण पोखराले भने दिनहुँ दुर्घटना भएपछि सोलो उडानमा रोक लगाएको छ । अर्को सूचना जारी नहुँदासम्म सोलो उडान रोकिएको प्राधिकरण पोखराका सूचना अधिकारी काशीनाथ पौडेलले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहाेस् । 

बुधबारदेखि पोखरामा प्याराग्लाइडिङ बन्द हुँदै

पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना, एकजना रसियन नागरिकको मृत्यु

फेवातालमा खसेका प्याराग्लाइडरको मृत्यु

 

अन्तिम अपडेट: चैत १५, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया