वीरेन्द्रनगर नगरपालिकाले गर्भवती महिलालाई एम्बुलेन्स खर्च दिने

 असार १०, २०७५ आइतबार २०:१५:४२ | मुना हमाल
unn.prixa.net

सुर्खेत – वीरेन्द्रनगर नगरपालिकाले आगामी वर्षका लागि ९६ करोड २२ लाख ८३ हजार बजेट ल्याएको छ ।

चालुतर्फ ६२ करोड २२ लाख ३९ हजार र पूँजीगततर्फ ३४ करोड ४४ लाख बजेट विनियोजन गरिएको छ । स्थानीय तहले केन्द्र सरकार र प्रदेश सरकारको अनुदान र नगरपालिकाको आन्तरिक आयलाई समेत समटेर बजेट ल्याएको हो ।

नगरका उप–प्रमुख मोहनमाया ढकालले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र  बजेटमा वीरेन्द्रनगरलाई भौतिक रुपले योजनावद्ध शहर, सुविधायुक्त, स्वच्छ, तथा पर्यटकीय शहरको रुपमा विकास गर्ने बताउनुभएको छ । नगरपालिकाले सुत्केरी हुन अस्पताल जाने गर्भवती महिलाको एम्बुलेन्स खर्च ब्यर्होने भएको छ ।

नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटमा नगरभित्र गर्भवती भएका महिलाहरुलाई सुत्केरी हुनका लागि स्वास्थ्य संस्था, बर्थिङ सेन्टर र मध्यपश्चिम क्षेत्रीय अस्पतालसम्म पुन्न लाग्ने एम्बुलेन्स खर्च पनि दिने जनाएको छ । नगरपालिकाले प्रत्येक वडाका लागि १ करोड ३० लाख को वडा विकास बजेट छुट्टाएको छ ।

नगरपालिकाले १६ वडाहरुका लागि २० करोड ८० लाख छुट्टाएको छ । यस्तै नगरपालिकाले आधुनिक सपिङ कम्ल्पेक्स सम्भाव्यता अध्ययन गर्ने, नगरकोे प्रमुख आर्यआर्जनका रुपमा रहेको कृषि, पशुपालन तथा फलफूल खेतीको परम्परागतलाई परिवर्तन गरी आधुनिकरण, विविधिकरण र बजारीकरण र प्रांगारीकरणमा जोड दिने उल्लेख गरिएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया