छात्रालाई बलात्कार प्रयास गरेको आराेपमा शिक्षक पक्राउ

 फागुन २३, २०७५ बिहिबार २०:१:३७ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - आफैले पढाउदै गरेकि एक छात्रालाई बलात्कार प्रयास गरेको आराेपमा एक शिक्षक पक्राउ परेका छन् ।

जिल्लाको सानीभेरी गाँउपालिका-९, सिम्लीमा आफैले पढाउँदै गरेकी एक छात्रालाई बलात्कार प्रयास गर्ने शिक्षक पक्राउ परेका हुन् ।

राप्ती ज्ञानोदय माध्यामिक विद्यालयमा अध्यापन गर्दै आएका शिक्षक प्रकाश खड्कालाई त्यसै विद्यालयमा अध्ययनरत छात्रा बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले पक्राउ गरेको बताएको छ ।

गएकाे मंगलबार गाउँमा भैंसी बिरामी भएको र त्यसको उपचार गर्न जाऔँ भन्दै शिक्षक खड्काले ती छात्रालाई मोटरसाइकलमा राखेर लगेका थिए । गाउँ पुग्नु अगावै बाटोमा पर्ने जंगलमा आफूलाई बलात्कार गर्ने प्रयास गरेपछि छात्रा चिच्याउँदै स्थानीयलाई गुहार मागेकी थिइन् ।

छात्राले प्रहरीसमक्ष बलात्कार गर्न खोजेकोले कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएकी छन् । ती छात्राको उजुरीको आधारमा खड्कालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया