रोल्पामा भेटिएका बम सेनाद्वारा निष्क्रिय

 फागुन २४, २०७५ शुक्रबार १७:१२:२८ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – रोल्पाको त्रिवेणी गाउँपालिकाको कार्यालय नजिकै हिजो भेटिएको दुईवटा सकेट बम आज नेपाली सेनाले निष्क्रिय बनाएको छ ।

लिबाङमा रहेको नेपाली सेनाको खड्ग दल गणबाट गएको बम डिस्पोजल टोलीले आज दिउँसो ती बमलाई निष्क्रिय बनाएको त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले जानकारी दिनुभयो । यता सदरमुकाम लिबाङमा नेपाली कांग्रेसको पार्टी कार्यालय नजिक भेटिएको दुई वटा सकेट बम पनि सेनाले हिजो निष्क्रिय पारेको थियो ।

बम कसले र किन राखेको भन्नेबारे थाहा नभएता पनि विप्लव समूहले राखेको हुन सक्ने बताइएको छ ।
 

अन्तिम अपडेट: फागुन २९, २०८०

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया