साप्ताहिक शेयर समीक्षा: धितोपत्र बोर्ड र दलालबीच चलेको शीतयुद्ध कायमै, बजार प्रभावित

 फागुन २४, २०७५ शुक्रबार १९:८:३३ | ज्याेति दाहाल
unn.prixa.net

काठमाण्डाै - अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५/७६ को बजेटको मध्यावधि समीक्षा सार्वजनिक गरेका छन् । समीक्षामा अघिल्लो वर्ष र अहिले खासै तात्विक फरक देखिएको छैन ।

पूँजीगत खर्च अघिल्लो वर्षभन्दा सामान्य बढे पनि जति हुनुपर्ने हो त्यति हुन सकेको छैन । पूँजीगत खर्च बढ्न नसक्दा वित्तीय प्रणालीमा असन्तुलन देखिएको छ । संघीय प्रणालीमा देशलाई पुनर्संरचना गरेपछिको पहिलो चुनावबाट निर्वाचित सरकारका अर्थमन्त्रीको रुपमा डा. खतिवडाले कार्यभार सम्हालेका थिए । 

अर्थमन्त्रीको रुपमा खतिवडाको आगमनपछि शेयरबजारमा सुरक्षित लगानीको लागि गरिएको आग्रहलाई शेयरबजार विरोधीको रुपमा चित्रण गरिएको थियो पछिल्लोपटक पनि खतिवडाले बचतलाइ मात्र शेयर लगानी गर्न आग्रह गरेका छन् ।

उनले विकासका क्षेत्रमा कर्जाको माग बढेकोले महँगो व्याजमा कर्जा लिएर शेयर लगानी नगर्न फेरि पनि दोहोर्‍याएका छन् । अर्थमन्त्री हट्दै हटाइँदै भन्ने समाचार निरन्तर आइरहेको सन्दर्भमा आफूले राजीनामा दिने प्रसंग नचलेको पनि बताएका छन् । 

धितोपत्र बोर्ड र दलालबीच चलेको शीतयुद्ध साम्य भएको छैन । दलालको संगठनले पुन २८ बुँदासहितको अर्को पत्र बुझाएका छन् । ४ वर्षे कार्यकाल पूरा हुन् ८ महिनामात्र बाँकी रहेका बोर्डका अध्यक्ष रेवत कार्कीको मनपरीविरुद्ध दलाल प्रतिकारमा उत्रेका हुन् । 

कार्कीले संसद्को अर्थ समितिमा दलाललाई ‘असक्षम र अपारदर्शी’ भनेर आरोप लगाएका थिए ।

बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७४/७५ को सभा र लाभ घोषणा अझसम्म पनि गरेका छैनन् । केही वाणिज्य बैंकले लाभ घोषणा गरेर पनि सभा आह्वान गरेका छैनन् । नेपाल बैंकले लाभ घोषणा गर्ला कि नगर्ला संशय छ । सरकारी स्वामीत्वको अर्को कृषि विकास बैंकले लाभसहित सभा घोषणा गरेको छ । 

नेपाल टेलिकमको मूल्यमा गिरावट आउने क्रम यस हप्ता रोकिएको छ । साताको अन्तिम दिन ६ सय ८४ मा रोकिएको छ । अघिल्लो हप्ताको अन्तिम दिन पनि यहि मूल्यमा रोकिएको थियो ।

सूचक र बजार पूँजीकरण

शिवरात्री पर्व परेका कारण यस हप्ता पनि बजार ४ दिन मात्र खुलेको थियो । 


 

यस हप्ता सर्वाधिक बजार पूँजीकरण भएका कम्पनीमा कुनै परिवर्तन आएको छैन । अंकमा मात्र तलमाथि हुने गरेको छ ।  

सर्वाधिक बजार पूँजीकरण भएका ५ कम्पनी

सूचीकरण 
यस हप्ता सूचीकरण भएका कम्पनी निम्न रहेका छन् ।

नयाँ शेयररहकप्रद

शेयरबजारमा नयाँ शेयर, हकप्रद जारी हुने क्रम चलिरहेको छ ।

ग्रीन लाइफको प्राथमिक शेयरमा दोलखा जिल्ला साविक गौरीशंकर, खारे, मार्बु, चंखु, सुरी, झ्यांकु, जुंगु र लादुकका स्थानीय बासिन्दाले आवेदन गर्न पाउनेछन् ।

लिलामी शेयर

विभिन्न कारणले लिलामीमा आउने शेयर पनि सर्वसाधारणले आवेदन गर्न सक्छन् । लिलामीसम्बन्धी सूचनामा त्यसका प्रक्रिया उल्लेख गरिएको हुन्छ । लिलामीमा उपलब्ध शेयरहरुको विवरण तालिकामा पेश गरिएको छ ।

 

लाभांश घोषणा

नेप्सेमा सूचीकृत लाभांश घोषणा गर्ने क्रम चलिरहेको छ । तर बीमा कम्पनीले भने आर्थिक वर्ष २०७४र७५ को लाभांश घोषणा गरेका छैनन् । घोषित लाभांश तालिकामा पेश गरिएको छ ।

वाणिज्य बैंक समूह


विकास बैंक समूह

लघुवित्त समूह

  

जलविद्युत, होटेल र बीमा  

साधारणसभा र बुक क्लोज

कम्पनीहरुले साधारणसभा र बुक क्लोजको मिति घोषणा गर्ने क्रम चलिरहेको छ । साधारणसभा र बुक क्लोज मिति तालिकामा उल्लेख गरिएको छ ।

अन्य गतिविधि

राष्ट्रिय बीमा कम्पनीमा कर्मचारी संचय कोषका तर्फबाट विजयकुमार श्रेष्ठलाइ मनोनयन गरेको छ । लुम्बिनी विकास बैंकमा सुशील पराजुली अध्यक्षमा चयन भएका छन् भने अन्जुकुमारी गुप्ता स्वतन्त्र संचालक मनोनयन भएका छन्  ।

कालिका लघुवित्तले अनुराग वाग्लेलाइ स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ । सिद्धार्थ इन्सुरेन्सले सुमित केडियालाई बाँकी अवधिको लागि सञ्चालक नियुक्त गरेको छ । 

धितोपत्र बोर्डले हिमालय उर्जा विकास कम्पनी, यूनियन हाइड्रोपावरलाई साधारण शेयर जारी गर्न अनुमति दिएको छ । एग्रो र इन्फिनिटी लघुवित्तले साधारण शेयर जारी गर्न अनुमति मागेका छन् ।

जनउत्थान लघुवित्त, ङादी ग्रुप पावर र ग्रामीण विकास लघुवित्तले हकप्रदको लागि अनुमति मागेका छन् । 


 

अन्तिम अपडेट: चैत १६, २०८०

ज्याेति दाहाल

अधिवक्ता दाहाल शेयर बजार मामिलामा दख्खल राख्नुहुन्छ । 

तपाईको प्रतिक्रिया