न्यूनतम साझा कार्यक्रम र सङ्कल्प प्रस्ताव ल्याउनु ठूलो कुरा होइन,...
चैत १५, २०८० बिहिबार
जेठ २ – आईपीएल क्रिकेटमा कोलकाताले राजस्थानलाई ६ विकेटले पराजित गरेको छ । मंगलबार रातिको खेलमा राजस्थान रोयल्सलाई ६ विकेटले हराउँदै कोलकाताले प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
जितपछि कोलकाता १३ खेलबाट १४ अंक सहित १४ स्थानमा छ । १ सय ४३ रनको लक्ष्य कोलकाताले १८ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो । कोलकातालाई जिताउन क्रिस लायनले ४५ तथा कप्तान दिनेश कार्तिकले नटआउट ४१ रन बनाए । बेन स्टोक्सले ३ विकेट लिए पनि राजस्थानको हार टार्न सकेनन् ।
पहिले ब्याटिङ गरेको राजस्थानले जोस बटलरको ३९ र जयदेव उनाद्कटको २६ रनको मद्दतमा १९ ओभरमा १ सय ४२ रनमा अलआउट भएको थियो । कोलकाताका जयदेव यादवले ४ विकेट लिए । मंगलबार रातिको खेल हारे पनि राजस्थानको पनि प्लेअफमा पुग्ने सम्भावना भने कायमै छ । १३ खेलबाट १२ अंकसहित राजस्थान तालिकाको चौथो नम्बरमा छ ।
उज्यालोमा कार्यरत लक्ष्मण कार्की राजनीति, समाज, खेल र समसामयिक विषयमा कलम चलाउनुहुन्छ।