भलिबलमा ह्याट्रिक गर्ने खेलाडीलाई गृह जिल्लामा छुट्टाछुट्टै सम्मान

 फागुन २७, २०७५ सोमबार २०:३९:४५ | राजु लामिछाने
unn.prixa.net

नेपाली काँग्रेसले गरेकाे सम्मान पछि

रुकुम पश्चिम – प्रदेशस्तरीय भलिबल प्रतियोगितामा ह्याट्रिक गरेका रुकुम पश्चिमका खेलाडीहरुलाई गृह जिल्लामा स्वागत गरिएको छ ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीस्वरुप सल्यानमा प्रदेशस्तरीय पुरुष भलिबल आयाेजना गरिएकाे थियाे । प्रतियोगिताको उपाधि हात पारेका रुकुमका खेलाडीको सम्मानका लागि जिल्लामा विभिन्न संघसंस्थाले सोमबार सम्मान कार्यक्रम आयोजना गरेका हुन् । 

गृहजिल्ला पुगेको पुरुष भलिबल समूहलाई जिल्ला समन्वय समिति, मुसिकोट नगरपालिका, नेपाली कांग्रेस रुकुम, जिल्ला खेलकुद विकास समिति, जिल्ला क्रिकेट संघ, जिल्ला ब्याडमिन्टन संघलगायतले सम्मान गरेका हुन् । 

जिल्ला क्रिकेट संघकाे तर्फबाट सम्मानपछि

जिल्ला समन्वय समितिले एक औपचारिक कार्यक्रम आयोजना गरी अबिर, माला तथा दोसल्ला ओढाएर सम्मान गरेको हो । त्यसैगरी मुसीकोट नगरपालिकाले पनि सम्मान सँगै पुरुष भलिबल, उसु र कराते खेलमा उपाधि हात पारेका खेलाडीहरुलाई जनही दुई-दुई हजार नगद रुपैयाँ प्रदान गरेको छ ।

खेलकुदको क्षेत्रबाट रुकुमलाई राष्ट्रमा चिनाउन महत्वपूर्ण योगदान गरेकाले सम्मानस्वरुप रुपैयाँ प्रदान गरिएको नगरप्रमुख देवीलाल गौतमले बताउनुभयो । 

ब्याडमिन्टन संघको तर्फबाट सहयाेग गर्दै

यसका साथै खेलाडीहरुलाई नेपाली कांग्रेस रुकुम पश्चिम, जिल्ला क्रिकेट संघ, जिल्ला ब्याटमिण्टन संघलगायतका अन्य संघ संस्थाहरुले पनि सम्मान गरेका छन् । जिल्ला ब्याडमिन्टन संघ रुकुमका अध्यक्ष अनिल बुढाले खेलाडि समूहलाई नगद  ५ हजार रुपैयाँसहित सम्मान गर्नुभएको छ । 

खेलाडीहरुको मनोबल वृद्धि गर्न र उनीहरुको क्षमतालाई कदर गर्नको लागि सम्मान कार्यक्रमको आयोजना गरिएको नेपाली कांग्रेस रुकुमका जिल्ला सचिव गोरखबहादुर खत्रीले बताउनुभयो । 

जिल्ला समन्वय समितिमा आयोजित सम्मान कार्यक्रम

जिल्ला पुगेदेखि नै आफूहरुलाई विभिन्न संघ-संस्था तथा राजनीतिक पार्टीहरुले सम्मान गरिरहेको र यसले खेलाडीहरुमा थप उर्जा बढेको पुरुष भलिबल समूहका कम्तान सुधिर शाहले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया