सबै स्थानीय तहमा अप्टिकल फाइबार बिछ्याउने तयारी

 असार ११, २०७५ सोमबार १५:३:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले सबै स्थानीय तहमा अप्टिकल फाइबर बिछ्याउने तयारी गरेको छ ।

प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालले सबै स्थानीय तहमा अप्टिकल फाइबर बिछ्याउने तयारी भइरहेको जानकारी दिनु भएको हो ।

सोमबार काठमाडौंमा आयोजित सूचना प्रविधिसम्बन्धी एक कार्यशाला गोष्ठीमा बोल्दै उहाँले प्राधिकरणले सबै जिल्ला सदरमुकामसहित महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरुमा दूरसञ्चारको पूर्वाधार निर्माणको कामलाई उच्च प्राथमिकता दिइएको स्पष्ट पार्नुभयो ।

प्राधिकरणले दूरसञ्चार सेवालाई गुणस्तरीय बनाउने दाबी पनि गर्दै आएको छ । तर त्यसका लागि केही समय लाग्ने प्राधिकरणका बरिष्ठ निर्देशक खनालको भनाई छ ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया