मिलन चाम्ससँगकाे प्रेमसम्बन्धका बारेमा मिडियामा आएको कुरामा सत्यता छैन: वर्षा शिवाकाेटी

 फागुन ३०, २०७५ बिहिबार १८:४३:३५ | मनोज दाहाल
unn.prixa.net

काठमाण्डाै - अभिनेत्री वर्षा शिवाकोटी यतिबेला चलचित्र विर विक्रम २ को छायांकनमा व्यस्त छिन् । 

अभिनेता पलशाहले चलचित्रमा वर्षासँग रोमान्स गरेका छन् । चलचित्रको निर्देशन मिलन चाम्सले गरेका हुन् । 

पछिल्लो समय निर्देशक चाम्स र अभिनेत्री शिवाकोटीको नाम जोडिएर आउने गरेको छ । उनीहरु एक अर्काको प्रेममा रहेको चर्चा पनि नभएको होइन । तर यस विषयमा निर्देशक चाम्स र अभिनेत्री शिवाकोटी दुवै मौन बसे । 

हालै अभिनेत्री शिवाकोटीले यसबारेमा आफ्नो मौनता तोडेकी छन् । उनले मिडियामा आएको कुरामा कुनै पनि सत्यता नभएको बताएकी छन् । 

उनले कुराकानीका क्रममा मिलन आफ्नो अभिभावक मात्र भएको र अभिभावकसँग आफ्नो नाम जोडिँदा खुशी लागेको समेत बताइन् । 

वर्षाले विर विक्रम २ मा एउटा राम्रो टिमसँग काम गर्नेे अवसर पाएको भन्दै अब आफू ढुक्क भएको बताइन् । चलचित्र विर विक्रम २ लाई अपेक्षा गरे अनुसार नै दर्शकको साथ मिल्ने वर्षाको विश्वास छ ।   

मिडियासँग कुराकानी गर्दै आफूसँग अमेरिकाको भिसा भए पनि अमेरिका जाने कुनै योजना नभएको उनले बताइन् । ‘म अझै चलचित्र क्षेत्रमा नै संघर्ष गरिरहेकी छु, र म यसलाई नै निरन्तरता दिन चाहन्छु’, वर्षाले भनिन् ।
 

अन्तिम अपडेट: चैत १६, २०८०

मनोज दाहाल

मनाेज दाहाल कला तथा मनाेरञ्जन विधामा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया