कच्चा दूधमा बर्ड फ्लूको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटिएको डब्लुएच...
बैशाख ८, २०८१ शनिबार
ओखलढुंगा– सिद्धिचरण नगरपालिका वडा नम्बर ११, सोब्रुको ओखलढुंगा सामुदायिक अस्पताल र विद्यालय परिसरमा रक्सी प्रतिबन्ध लगाइएको छ ।
रक्सी तथा सुर्तीजन्य पदार्थ सेवन तथा कारोबारमा प्रतिबन्ध लगाइएको हो । अस्पताल, विद्यालयलगायत आसपासको ५ सय मिटर वरपर सुर्तीजन्य तथा रक्सीको विक्री वितरणमा रोक लगाइएको छ । जिल्ला प्रहरी कार्यालय र ओखलढुंगा सामुदायिक अस्पतालस्थित लालुपाते क्लबले संयुक्त रुपमा यस्तो घोषणा गरेका हुन् ।
बुधबार सोब्रुका १३ वटा होटल तथा पसलहरुलाई सुर्ती चुरोट तथा जाँडरक्सी किनबेच गर्न रोक लगाइएका बोर्ड वितरण गरिएको ओखलढुंगा प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले बताउनुभयो । उहाँले हिसांका प्रमुख कारण जाँडरक्सी भएको बताउँदै प्रतिबन्धले हिंसामा कमी आउने बताउनुभयो ।
त्यस्तै अस्पताल वरपरका स्थानमा त्यस क्षेत्रलाई जाँडरक्सी निषेधित क्षेत्र लेखिएका ३ वटा बोर्डसमेत राखिएको छ । यस क्षेत्रमा लालुपाते क्लबले २०६५ सालदेखि जाँड रक्सीको लत छुटकारा गराउन विभिन्न क्रियाकलापहरु गर्दै आएको छ ।