सरकारको प्रतिबन्ध गलत छ, विप्लव पनि विद्रोहको बाटो छाडेर वार्तामा आउनुपर्छ : किराँती

 चैत १, २०७५ शुक्रबार १५:५५:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गोपाल किराँती नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने निर्णय तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष किराँतीले चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने निर्णय तत्काल खारेज गर्न सरकारसँग माग गर्नु भएको हो । 

शुक्रबार काठमाण्डौमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले चन्द नेतृत्वको नेकपालाई विद्रोहको बाटो छाडेर गणतन्त्रको रक्षाका लागि वार्तामा आउन पनि आह्वान गर्नुभयो । 

अध्यक्ष किराँतीले चन्द नेतृत्वको नेकपाले विखण्डनको बाटो लिए गणतन्त्र आफै खतरामा पर्ने भएकाले पनि त्यसो गर्न नहुने तर्क पनि गर्नुभयो । ‘सरकारले चन्द नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध गलत छ । वार्ता नगरी राजनीतिक दलमाथि प्रतिबन्ध लगाउने काम ठिक होइन । सीके राउतलाई सहमतिमा ल्याउने र चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने सरकारको निर्णय दमनकारी नीति अन्तरगत सञ्चालित देखिएकाले हाम्रो पार्टीले विरोध गर्नु परेको हो’, अध्यक्ष किराँतीको भनाइ छ ।

अध्यक्ष किराँतीले प्रतिनिधिसभामा निर्वाचित सांसद रेशम चौधरीलाई जन्मकैदको सजाय दिने अदालतको फैसला न्यायोचित नभएको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया