कैलालीको मोहन्याल गाउँपालिकाका पाँच वडामा नौ वटा सिँचाइ यो...
बैशाख १२, २०८१ बुधबार
काठमाण्डाै - नेपाल सरकारले न्युजिल्याण्डको क्राइष्टचर्चको मस्जिदमा भएको आतंककारी हमलाको भर्त्सना गरेको छ ।
परराष्ट्र मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै ४९ जनाको ज्यान जाने गरी भएको हमलालाई आतंकवादको औचित्यहीन गतिविधिको संज्ञा दिएको छ ।
विज्ञप्तिमा भनिएकाे छ, ‘दर्जनाैँ मारिने गरी न्युजिल्याण्डको क्राइष्टचर्चमा रहेका मस्जिदहरुमा भएकाे गाेलीकाण्डबाट हामी स्तब्ध भएका छाैँ । नेपाल सरकार याे आतंकवादको औचित्यहीन गतिविधिकाे घाेर भर्त्सना गर्दछ ।’
विज्ञप्तिमा न्युजिल्याण्डका जनता, सरकार तथा पीडितका परिवारजनप्रति समवेदना प्रकट गर्दै घाइतेहरुकाे शीघ्र स्वास्थ्यलाभकाे कामना पनि गरिएकाे छ ।