हिन्दू राष्ट्र पुनर्स्थापना नगरे महाभारतजस्तै युद्ध सुरु हुन्छ : कमल थापा

 चैत १, २०७५ शुक्रबार १९:१४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पार्टीको हिन्दू राष्ट्र पुनर्स्थापना गर्ने माग सरकारले तत्काल सम्बोधन नगरे देशमा ‘महाभारत युद्ध’ सुरु हुने चेतावनी दिनु भएको छ । 

शुक्रबार पार्टीको १५ दिने ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ को काठमाण्डाैमा समापन गर्दै अध्यक्ष थापाले पाँच पाण्डवका माग पूरा नगर्दा महाभारत युद्ध सुरु भएजस्तै आफ्नो पार्टीको माग सरकारले तत्काल पूरा नगरे देशमा अर्को युद्ध सुरु हुने चेतावनी दिनुभएको हो ।

उहाँले सबै धर्मको सम्मान हुनेगरी ९५ प्रतिशत जनताको आस्थाको धरोहर रहेको हिन्दू राष्ट्र पुनर्स्थापना गर्नुको विकल्प नरहेको तर्क पनि गर्नुभयो । उहाँले केन्द्र र स्थानीय सरकार बलियो बनाउने तर प्रदेश सरकार नहुने गरी संघीयता कायम राख्नुपर्ने पक्षमा आफ्नो पार्टी रहेको पनि स्पष्ट पार्नु भयो ।

अध्यक्ष थापाले देशको राष्ट्रिय एकताका लागि राजसंस्थाको आवश्यक्ता अनिवार्य रहेको पनि दोहोर्‍याउनुभयो ।

 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया