कोरियन भाषा परीक्षाको शुल्क तिर्न बैंकमा लाइन बस्नु नपर्ने, ई सेवाबाट पनि तिर्न सकिने

 चैत २, २०७५ शनिबार १७:२९:१२ | उज्यालो सहकर्मी

काठमाण्डौं – कोरियन भाषा परीक्षाको शुल्क यो वर्ष ई सेवाबाट पनि तिर्न सकिने भएको छ । यसअघि ग्लोबल आइएमई बैंकका शाखामै गएर तिर्नुपर्ने शुल्क यो वर्ष ई सेवाबाट पनि तिर्न सकिने भएको हो । 

बैंकबाट मात्रै तिर्न सकिने व्यवस्था गर्दा गत वर्ष समय हुँदा पनि चाप देखिएको र जसले पहिले शुल्क तिरेर फारम छिटो भर्छ त्यो नै छिटो जान पाउँछ भन्ने भ्रम पनि फैलिएकाले यो वर्ष ई सेवाबाट पनि शुल्क तिर्न पाउने व्यवस्था गरिएको इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले उज्यालोलाई जानकारी दिनुभयो ।

परीक्षार्थीले २४ डलर बराबरको नेपाली रुपैयाँ बुझाउनुपर्ने छ । ग्लोबल बैंकमा रहेको एकाउण्टमा पैसा जम्मा गरेपछि दिइने नम्बरका आधारमा लगइन गरेर अनलाइनबाटै फारम भर्न सकिने उहाँले बताउनुभयो । यस्तै ग्लोबल बैंकको आइएमई पे बाट पनि शुल्क बुझाउन सकिनेछ । 

अन्तिम अपडेट: चैत ११, २०८०

1 Comments

  • RABIN CHAULAGAIN

    March 18, 2019, 6 p.m.

    मेरो ग्लोबल आइएमइ मा इपिएस बिल तिर्नुपर्ने /

  •  0 Reply

तपाईको प्रतिक्रिया