पाकिस्तान र न्युजिल्यान्डबीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि शुर...
बैशाख ६, २०८१ बिहिबार
काठमाण्डाै - राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले हिन्दूराष्ट्र पुनर्स्थापना लगायतका माग राख्दै यही चैत १५ गतेदेखि आन्दोलन गर्ने भएको छ ।
आज बसेको राप्रपाको केन्द्रीय समिति बैठकले ३ चरणमा जनसंघर्षका कार्यक्रम गर्ने निर्णय गरेको हो । कार्यक्रम अन्तर्गत देशधर हस्ताक्षर संकलन, धर्ना, सत्याग्रह लगायतका संघर्षका कार्यक्रम हुने बताइएको छ ।
बैठकले देश टुक्र्याउने गतिविधि सञ्चालन गर्ने सिके राउतसँग सहमति गरेर सरकारले स्वतन्त्र मधेशको मुद्दा र संगठनलाई वैधता प्रदान गरेको ठहर गरेको छ ।
सम्झौता भएको भोलिपल्ट नै सि.के. राउतको उपस्थितिमा जनकपुरमा राष्ट्र विखण्डनको नाराबाजी र प्रदर्शन भएकाले पनि सम्झौता सही नभएको पुष्टि भएको राप्रपाको भनाइ छ ।
यस्तै राप्रपाले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउनुको साटो सरकारले वार्ताको माध्यमबाट समाधान खोज्नुपर्ने निष्कर्ष निकालेको छ ।