९ मिनेटमा एक महिलाले दिइन् ६ बच्चाको जन्म

 चैत ३, २०७५ आइतबार ८:४:५४ | एजेन्सी
unn.prixa.net

अमेरिकामा टेक्सास राज्यको ह्युस्टनमा एक महिलाले एकैसाथ ६ बच्चाको जन्म दिएकी छिन् । अमेरिकाको द वुमन्स हस्पिटल अफ टेक्सासमा उनले ९ मिनेटको समयमा ६ बच्चा जन्माएकी हुन् । 

अस्पतालले दिएको जानकारी अनुसार थेलमा चौका नाम गरेकी महिलाले स्थानीय समय अनुसार गएको शुक्रबार स्थानीय समयअनुसार बिहान ४ बजेर ५० मिनेटदेखि ४ बजेर ५९ मिनेटको अन्तरालमा ४ छोरा र २ छोरीको जन्म दिएकी हुन् । अस्पतालले थेलमा चौका स्वस्थ रहेको पनि जनाएको छ । 

अस्पतालले दिएको बयान अनुसार नवजात शिशुहरुको तौल १ पाउण्ड १२ औंस २ पाउण्ड १४ औंससम्म रहेको छ । 
 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया