प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
दोलखा – दाेलखामा पुनर्निर्माणमा खटिएका प्राविधिकहरु आइतबारबाट आन्दोलनमा उत्रिएका छन् ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणले पुननिर्माणमा कार्यरत प्राविधिकहरुको मागलाई बेवास्ता गरेको भन्दै उनीहरुआन्दोलनमा उत्रिएका हुन् ।
जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षा दोलखामा कार्यरत प्राविधिकहरुले राष्ट्रिय पुननिर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिको कार्यक्रम अनुसार आइतबार पेन डाउन पनि गरेका छन् ।
सोमबार जिल्ला आयोजना कार्यान्वयन इकाइको कार्यालयमा तालाबन्दीको कार्यक्रम रहेको प्राविधिकहरुले बताएका छन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले पेश गरेको ५ बुँदे मागउपर मौन बसेको भन्दै आन्दोलन सुरु गरेको जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षाका प्राविधिक प्रेम शाहले जानकारी दिनुभयो ।
यसैबीच दत्त बहादुर भण्डारीको अध्यक्षतामा जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षा संघर्ष समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा श्रीचन्द्र कठायत, सचिवमा अरुण लामा र सदस्यहरुमा पर्वत पोखरेल र प्रेम बहादुर शाह रहनुभएको छ ।
यता जिल्ला आयोजना कार्यान्वयन इकाइ भवनका प्राविधिकहरु भने नियमीत काममा रहेको जनाएको छ । इकाइ प्रमुख इन्जिनियर अर्जुन तामाङले निजी आवास निर्माणका लागी खटिएका इन्जिनियर प्राविधिकहरुलाई कार्यस्थल नछाड्न अनुरोध गरिएको बताउनुभयो ।
बीमाको सुविधा उपलब्ध गराउनुपर्ने, असोजदेखि उपलब्ध नभएको फिल्ड भत्ता प्रदान गर्नुपर्ने लगायतका माग राखेर आन्दोलन सुरु भएको हो ।
उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।