च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
मलेसियाको राजधानी क्वालालम्पुरमा भएको ‘मलेसिया एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेण्ट’ माट्टा पर्यटन मेलामा नेपालले सफल सहभागिता जनाएको छ ।
मार्च १५ देखि १७ सम्म भएको माट्टा पर्यटन मेलाको नयाँ संस्करणमा नेपाल पर्यटन बोर्डसहित ८ वटा निजि क्षेत्रका पर्यटन व्यवसायीहरुको सहभागिता थियो ।
नेपाल भ्रमण वर्षको सन्देश लाइफटाइम एक्सपेरियन्सेसको भावमा नेपाली स्टल सजाइएको थियो । नेपाली स्टल परम्परा र आधुनिकताको समिश्रणको रुपमा निर्माण गरिएको हुँदा मेला कै आकर्षणको रुपमा रहेको थियो र आगन्तुकले भरिभराउ देखिन्थ्यो ।
स्टलमा आउने आगन्तुकले आउँदो सत्रमा नेपाल भ्रमण गर्दा हेर्न छुटाउन नहुने ठाउँहरु, विशिष्टताका क्षेत्रहरु साथसाथै पदयात्रा क्षेत्र, भिसा, पहुँच, हलाल खानाको उपलब्धता विषयमा जानकारी लिएका थिए ।
निजी क्षेत्रका सहभागीहरूले सिधै ग्राहकमा पुग्ने यस्तो मेला प्रभावकारी रहेको जनाएका छन् । काठमाण्डौ र क्वालालम्पुरबीच नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, मलेसिया एयरलाइन्स, र मालिन्दो एयरले उडान भरिरहेका छन् ।