दक्षिण भारतका पाँच सुपरस्टार, जो बलिउड स्टारलाई दिन्छन् टक्कर

 चैत ४, २०७५ सोमबार २०:३४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

दर्शकमाझ बलिउड स्टार अभिनेताहरुको जति फ्यान फलोइङ छ,  दक्षिण भारत ‍(साउथ) फिल्म उद्योगका अभिनेताहरु पनि कम छैनन् । साउथका अभिनेताहरुले आफ्नो अभिनय क्षमताका कारण बलिउडका स्टार अभिनेताहरुलाई समेत मात दिने गरेका छन् । 

आज हामी साउथका अभिनेतामध्ये ती पाँच जना सुपरस्टार अभिनेताको बारेमा चर्चा गर्दैछौं, जसले एउटा फिल्ममा अभिनय गरेबापत करोडौं रुपैयाँ पारिश्रमिक लिने गरेका छन् । 

रजनीकान्त

अभिनेता रजनीकान्त साउथ फिल्मका मात्रै नभएर भारतीय सिनेमाका पनि सुपरस्टार हुन् । यतिमात्रै होइन रजनीकान्त एसियामा सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेताहरुमध्ये तेस्रो स्थानमा पर्छन् । साथै उनी भारतका सबैभन्दा महंगा अभिनेता हुन् ।

खबरहरुका अनुसार रजनीकान्तले फिल्म ‘कबाली’ का लागि ४० देखि ६० करोड रुपैयाँ पारिश्रमिक लिएका थिए । यस्तै गएको वर्ष प्रदर्शन भएको फिल्म २.० का लागि रजनीकान्तले झण्८ै ८० करोड रुपैयाँ पारिश्रमिक लिएका थिए । 

महेश बाबू

साउथ स्टार महेश बाबूको फ्यान फलोइङ पनि धेरै नै रहेको छ । महेश बाबूले उनको कडा मेहनतका कारण साउथ फिल्म उद्योगमा आफ्नो छुट्टै पहिचान बनाएका छन् । उनलाई साउथ फिल्म उद्योगमा धेरै पारिश्रमिक लिने अभिनेतामध्येकै एक मानिन्छ ।

खबरहरुका अनुसार महेश बाबू एउटा फिल्मबाट २५ करोडभन्दा धेरै पारिश्रमिक लिने गर्छन् । कमाइको हिसाबले महेश बाबू साउथ सिनेमाका साथै बलिउडका टप अभिनेतालाई टक्कर दिन्छन् । महेश बाबूले मिस इण्डिया तथा बलिउड अभिनेत्री नम्रता शिरोडकरका साथ विवाह गरेका छन् । 

प्रभास

फिल्म ‘बाहुबली’ र ‘बाहुबली २’ स्टार अभिनेता प्रभास पनि साउथ फिल्मका स्टार अभिनेत मध्येका एक हुन् । अभिनय क्षमता र आफ्नो सादगीपनका कारण दर्शको मन जित्न सफल प्रभासको फ्यान फलोइङ पनि राम्रै छ ।

बलिउड फिल्म निर्माता तथा निर्देशक करण जोहरले प्रभासलाई बलिउड फिल्ममा ल्याउनका लागि प्रस्ताव पनि राखेका थिए । तर अहिले नै प्रभासले आफूसँग समय नभएको भन्दै त्यसबारे पछि सोच्ने बताएका छन्  

फिल्म ‘बाहुबली’ सिरिजका लागि प्रभासले प्रति फिल्म २५ करोड रुपैयाँ लिएका थिए । साथै उनी अभिनित अब आउने फिल्म ‘साहो’ का लागि प्रभासले ३० करोड रुपैयाँ मागेका खबरहरु सार्वजनिक भएका थिए ।  

पवन कल्याण 

झण्डै २२ वर्ष अघि साउथ फिल्ममा आएका अभिनेता पवन कल्याणले केही विशेष फिल्ममा मात्रै काम गरेका छन् । तर उनको स्टाइलिश र पावर इमेजका कारण दर्शकको मन जित्न सफल छन् । पवनको पहिलो फिल्म ‘अक्कड अम्माई लक्कड’ सन् १९९६मा प्रदर्शन भएको थियो ।

सन् १९९८ मा पवनको फिल्म ‘ठोली प्रेमा’ले उनलाई राष्ट्रिय पुरस्कार जिताएको थियो । पवनलाई साउथका अमिताभ बच्चन पनि भन्ने गरिन्छ । पवनको २२ वर्षको फिल्मी करियरमा २३ वटा फिल्ममा मात्रै काम गरेका छन् ।

उनी एउटा फिल्मको १८ करोड रुपैयाँ पाश्रिमिक लिने गरेका छन् । अभिनयबाहेक पवन राजनीतिमा व्यस्त छन तर पनि फ्यानहरुबीच उनको क्रेज कम भएको छैन । 

जुनियर एनटीआर

साउथ फिल्ममा अभिनय र दमदार फाइटिङका कारण तहल्का मच्चाउन सफल अभिनेता हुन जुनियर एनटीआर । साउथका चर्चित अभिनेता तथा आन्ध्र प्रदेशमा सीएम रहिसकेका एनटी रामारावका नातीको रुपमा सन् १९८३ मा हैदरावादमा जन्मिएका थिए ।

जुनियर एनटीआरले उनका कैयौं फिल्ममा उत्कृष्ट अभिनयका कारण आइफा अवार्ड, फिल्म फेयर अवार्ड जितिसकेका छन् । एनटीआरले १६/१७ वर्षको फिल्मी करियरमा कैयाैँ रेकर्ड बनाइसकेका छन् ।

उनलाई साउथ फिल्मका सलमान खान पनि भन्ने गरिन्छ । उनी एउटा फिल्मको १८ देखि २० करोड रुपैयाँ पारिश्रमिक लिने गर्छन । 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया