काठमाण्डौसहित देशका विभिन्न भागमा पानी पर्दै

 चैत ४, २०७५ सोमबार १६:५६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित पहाडी भूभागमा पानी परिरहेको छ । प्रि–मनसुनको समय भएकाले देशका पश्चिमी पहाडी क्षेत्रमा खण्डवृष्टि भएको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार काठमाण्डौ, धादिङ, ओखलडुंगा,, दोलखा, जिरी, सुर्खेत, पोखरालगायत क्षेत्रमा खण्डवृष्टि भएको छ । यी ठाउँमा हावारी र मेघगर्जन भइरहेको पनि उहाँले बताउनुभयो । स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रमा खण्डवृष्टि भएको मौसमविद्ले बताएका छन् ।

तराईका जिल्लाको मौसम भने सफा रहेको उनीहरुले बताएका छन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया