रोनाल्डोकाे यस्ताे सेलिब्रेसनलाई युरोपेली फुटबल महासंघले गर्‍यो कारबाही !

 चैत ४, २०७५ सोमबार १८:५२:४९ | एजेन्सी
unn.prixa.net

युभेन्टसका फरवार्ड क्रिष्टियानो रोल्डोलाई युरोपेली फुटबल महासंघले कारबाही गरेको छ । 

च्याम्पियन्स लिगअन्तर्गत प्रिक्वार्टर फाइनलको दोस्रो लेगमा एट्लेटिको मड्रिडलाई हराउँदै ह्याट्रिक गरेका रोनाल्डोले खुशियाली मनाउने क्रममा अनुचित हाउभाउ गरेका थिए । 

३४ वर्षे रोनाल्डोले एट्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनीसामु गएर गुप्ताङ्गतर्फ इशारा गरेका थिए । यसअघि पहिलो लेगमा एट्लेटिकोले युभेन्टसविरुद्ध २–० को जित निकाल्दा प्रशिक्षक सिमोनीले त्यस्तै प्रकारको सेलेब्रेसन गरेका थिए । महासंघले राेनाल्डाेकाे हाउभाउबारे आउँदाे बिहीबार सुनुवाइ हुने जनाएकाे छ ।

रोनाल्डोमाथि के कारबाही भएको हो त्यो भने खुलाइएको छैन । यस्तै हर्कत गरेका कारण एट्लेटिको मड्रिडका प्रशिक्षक सिमोनीलाई २० हजार युरो जरिबाना गराइएको थियो ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया