किर्ते गरी सरकारी जग्गा व्यक्तिको नाममा गरेको आराेपमा मालपोत कार्यालयका आठ जना कर्मचारी पक्राउ

 चैत ४, २०७५ सोमबार २०:४१:१ | गोविन्द शर्मा

बाँके - सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा गरेको आराेपमा मालपोत कार्यालयका आठ जना कर्मचारीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

भूमि सुधार तथा मालपोत कार्यालय बाँके र बर्दियाका आठ कर्मचारीलाई पक्राउ गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अरुण पौडेलले जानकारी दिनुभयो ।

प्रहरीले कर्तव्य ज्यान मुद्दाको अनुसन्धान गर्ने क्रममा सरकारी जग्गा किर्तेको विषय जोडिएको पाइएको जनाएको छ । पक्राउ पर्नेहरूमा विगतमा मालपोतमा काम गरेका हाल अन्यत्र सरुवा भएका कर्मचारीसमेत छन । भूमि सुधार तथा मालपोत कार्यालय बाँकेका प्रमुख प्रेम दौल्यालले पुरानो मुद्दामा अनुसन्धानका लागि प्रहरीले केही कर्मचारीलाई बोलाएको सूचना पाएको बताउनुभयो ।

अन्तिम अपडेट: चैत १, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया